अन्तराष्ट्रिय

भारतमा थपिए २४ हजार संक्रमित, ४३८ संक्रमितको मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौं-भारतमा थप २४ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ७२५ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २२ लाख ४९ हजार ९०० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७६ हजार ५२८ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ४३८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार ११२ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button