देश

नेपालीको उद्धारका लागि वायुसेवा निगमको जहाज अफगानिस्तान जाने तयारीमा

Thrill Factory
Rungta Group

काठमाडौं – नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने भएको छ ।

पछिल्लो समय विद्रोही समूह तालिवानले त्यहाँका सहरहरु कब्जा जमाउन थालेसँगै नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने भएको हो ।

श्रम स्वीकृत लिएर सङ्गठित तथा औपचारिक रुपमा त्यहाँ गएर रहे बसेका नेपाली १ हजार ५०० को हाराहारीमा  रहेको बुझिएको छ । आगामी भदौ ११ गते चार्टर उडानमार्फत् निगमको न्यारोबडी जहाज काबुल जाने तय भएको छ ।

फ्लाइट बुकिङ भइसके पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निगमले परराष्ट्र मन्त्रालयसँग अनुमति मागेको स्रोतले बताएको छ । उडान सुरक्षाको प्रत्याभूतिसहित परराष्ट्र मन्त्रालयबाट अनुमति पाए अफगानिस्तानमा चार्टर उडान गर्न तयार रहेको निगमले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button