खबर फटाफटदेश

नेपालले कोभ्याक्समार्फत मोडर्नाको ४० लाखमात्रा खोप प्राप्त गर्ने

Thrill Factory
Rungta Group

काठमाडौं-कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरीद गर्न खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग सम्झौता भएको छ ।

विश्व बैंकले शुक्रवार जारी गरेको विज्ञप्तिका अनुसार यो सम्झौतासँगै नेपालको कोभिड- १९ विरुद्धको खोपका लागि पूँजीको विविधीकरण र सुदृढीकरण भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले विज्ञप्तिमा कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल शुरुवाती देशहरू मध्येको एक हो र चुनौतीपूर्ण परिस्थितिहरूका बाबजुद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि सम्झौता तय भएकोमा हर्षित भएको उल्लेख गरेका छन् ।

उक्त खोप सन् २०२२ को मार्च महीनासम्म आईपुग्ने अपेक्षा गरिएको छ र त्यसले नेपालका ७२ प्रतिशत जनसङ्ख्याका साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने छ ।

“कोभ्याक्स सुविधा मार्फत कोभिड विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरू खरिदका लागि लगानी गरी विकासका साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित भएका छौं”, माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भनेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button