अर्थमुख्य खबर

अर्थमन्त्रीद्वारा आर्थिक यथार्थपत्र सार्वजनिक

Thrill Factory
Rungta Group

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक यथार्थपत्र जारी गरेका छन् ।

अर्थमन्त्री  शर्माले मुलुकको सञ्चित कोष १ खर्ब ४३ अर्ब रुपैयाँले घाटामा रहेको बताएका छन् । प्रतिनिधि  सभामा मंगलवार मुलुकको यथार्थपत्र सार्वजनिक गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्ब रुपैयाँले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/ ७७मा २ खर्ब १६ अर्बमा पुगेको बताए ।

उनले स्रोतसँग मेल नखानेगरी प्रचारात्मक ढंगले बजेटको आधार वृद्धि हुँदै आएको बताएका छन् । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने तयारी गरेको बताए ।

मन्त्री शर्माले भूकम्पबाट प्रभावित अर्थतन्त्र विस्तारै सकारात्मक दिशातर्फ अघि बढिरहेको अवस्थामा कोभिड–१९ महामारीले पुनः शिथिल बन्न पुगेको पनि बताए ।

आर्थिक वर्ष अन्तिममा खर्च गर्ने प्रवृत्तिले वित्तीय अनुशासन विथोलिएको शर्माले यथार्थपत्रमा उल्लेख गरेका छन् । यसअघिको सरकारले बजेटभन्दा बाहिर गएर सठडककमा लागि ३ खर्ब रुपैयाँ र रेलमार्गका लागि ५७ अर्ब रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको उनले यथार्थपत्रमा उल्लेख गरेका छन् ।

उनले बजेट परिचालनमा अनुशासन नहुँदा बजेट योजना र वित्तीय उत्तरदायित्वमा विचलन आएको पनि बताएका छन् ।

कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिए । साथै उनले हालसम्म करीब १ करोड डोज खोप नेपाल भित्रिएको तथ्याङ्क प्राप्त भएको जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button