
काठमाडौं- विश्व स्वास्थ्य संगठन९डब्लुएचओ०ले कोभिड ( १९ प्रतिकार्यका लागि नेपाललाई १८ लाख अमेरिकी डलर बाराबरको अत्यावश्यक औषधी र सामग्रीहरु हस्तान्तरण गरेको छ।
मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकु अस्पतालमा डब्लुएचओको नेपालस्थित कार्यालयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।


डब्लुएचओले २ लाख ५० हजार एम्पल्स डेक्सामेथाजोन, दुई हजार अक्सिजन कन्सनट्रेटर, २४ सय वटा भेन्चुरी मास्क, करिब पाँच लाख अक्सिजन नसल क्यानुला, छ लाख मास्क र पाँच लाख सर्जिकल ग्लब्ससहितका सामग्रीहरु प्रदान गरेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको वितरण योजनाअनुसार स्वास्थ्य समग्रीहरु नेपालभरका सातै प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गरिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरु ढुवानी गर्न यसै साताभित्र सुरु गर्ने लक्ष्य लिएको छ।
महामारीको शुरुवातदेखी नै कोभिड – १९ को प्रतिकार्य गर्न डब्लुएचओले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्दै आइरहेको छ। विश्व स्वास्थ्य संगठनले ल्याबको क्षमता विकास, दक्ष जनशक्तीहरुको क्षमता विकास, निति र निर्देशिकाहरुको निर्माण लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ।