मुख्य खबरविशेष

लोकतान्त्रिक दलको अलोकतान्त्रिक पदचाप

Thrill Factory
Rungta Group

नेपाली कांग्रेसको महाधिवेशनको मिति पाँच पटकसम्म फेरबदल गर्दा पनि पछिल्लो पटक भदौ १६ का लागि तोकिएको १४औँ महाधिवेशन गर्न नसक्ने पक्कापक्कीजस्तै भइसकेको छ ।

विधानअनुसार चारवर्षमा सम्पन्न गर्नुपर्ने महाधिवेशनलाई कोरोना भाइरस महामारीको कारण देखाएर पटकपटक सारिएको छ । तर, महामारी फैलिनअघि नै महाधिवेशन भइसक्नुपर्ने थियो । त्यसबेलासम्म नेतृत्वले महाधिवेशनको कुनै तयारी गरेन ।

महाधिवेशनको ६ महिनाअघि नै वितरण गरिसक्नुपर्ने क्रियाशील सदस्यसम्बन्धी विवाद अझै टुङ्गो लाग्न सकेको छैन । यही विवादका कारण महाधिवेशन पुनः सर्ने निश्चित भइसकेको छ ।

विधानतः कार्यकाल समाप्त हुने बेलामा सभापती शेरबहादुर देउवाले आफ्नो अनुकूलका केन्द्रीय विभागहरू गठन गरे । तर, महाधिवेशन गर्नेमा भने चासो दिएनन् । टार्दै आए र मिति सार्दै आए । अहिले पनि सरकार र पार्टी दुवै आफैंले चलाउने मनसाय प्रकट गरिरहेको र त्यसअुनसारका आग्रह अघि सारिरहेको चर्चा कांग्रेसपंक्तिमा चलिरहेको छ ।

कांग्रेसका एक शीर्ष नेताका अनुसार देउवाले अब सरकार सञ्चालन अवधिभरि सत्ता र पार्टी आफूलाई चलाउन दिएमा त्यसपछि दुवै पदमा आफ्नो दाबी नहुने बताउन थालेका छन् । यसले पार्टी पंक्तिमा अन्योल सिर्जना गरिरहेका छन् ।

चार वर्षमा गर्नुपर्ने महाधिवेशन साढे पाँच वर्ष बितिसक्दा पनि नगर्नु नेतृत्वको गैरलोकतान्त्रिक प्रवृत्तिको द्योतक सिवाय केही नभएको कांग्रेसजन नै बताउँछन् । अब हुँदाहुँदा समयमा महाधिवेशन गर्न नसकेकोमा निर्वाचन आयोगलाई हर्जना तिरेर थप समय माग्ने हल्ला चलेको छ । यो आफूलाई लोकतन्त्रको पहरेदार मान्ने दलको अलोकतान्त्रिक रवैया हो ।

पार्टीको महाधिवेशन नुहने परिस्थिति बनेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । क्रियाशील सदस्यता र महाधिवेशनकै प्रसंगमा कुराकानी गर्न बोलाइएको पौडलनिकट एक नेताले जानकारी दिए ।

महाधिवेशन गर्न नसक्ने भएपछि संस्थापन पक्षका नेताहरू निर्वाचन आयोगसमक्ष पुगेर पार्टीको वैधानिकता बचाउने उपायको खोजी गरिरहेका छन् । संस्थापन पक्षको यो खालको कदमलाई पौडेल पक्षले रुचाएको छैन । नेता पौडेलले सोमबार बिहानै ट्विट गरेर निर्धारित समयमा महाधिवेशन नगर्न नसक्ने परिस्थिति सिर्जना गरेर पार्टीलाई भिख माग्ने अवस्थामा पुर्‍याएको भन्दै आपत्ति जनाएका थिए ।

महाधिवेशनको गर्न नसक्ने गरी मिति घर्किन लागेपछि सभापति शेरबहादुर देउवासँग पौडेल आक्रोशित छन् । पौडेलले महाधिवेशन हुन नसक्ने स्थिति सिर्जना गर्नुलाई नेतृत्वको चरम सफलता र लापर्बाही पनि भनेका छन् ।

तोकिएको समयमा नियमित महाधिवेशन हुन्छ या त्यो नसके विशेष महाधिवेशन गरेर भए पनि कांग्रेसले पार्टीको वैधानिकता बचाउनु पर्ने नेताहरुको आग्रह छ । कांग्रेसका जिल्ला सभापतिहरूले यसै साता एउटा वक्तव्य सार्वजनिक गरेका छन् । वक्तव्यमा कोरोना, बाढी–पहिरोजस्ता विपद्बीच महाधिवेशनमा सक्रिय स्थानीय साथीहरू अधिवेशन कहिले हुन्छ, कुन विधिबाट हुन्छ, निर्वाचन निर्देशिका कहिले आउँछ भनेर प्रश्न सोध्दा–सोध्दा थाकिसक्नुभो तर हामी आजसम्म पनि यी यावत् सवालहरूमा नाजवाफ रहनुपरेको छ, भनिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button