अर्थमुख्य खबर

निजीक्षेत्रसँग समन्वय नहुँदा सरकारी योजनाको प्रभावकारिता न्यून

Thrill Factory
Rungta Group

 

वीरगञ्ज । तहगत सरकारले निजीक्षेत्रसँग सरोकार राख्ने योजनाहरु ल्याए पनि त्यस्ता योजनाको कार्यान्वयनमा कमजोरीका कारण उपलब्धि नदेखिएको उद्योगी व्यापारीहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ ले वीरगञ्जमा आयोजना गरेको कार्य समितिको छैटौं बैठकको उद्घटनका अवसरमा सहभागीहरुले यस्तो बताएका हुन् ।

महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले तहगत सरकारहरूले ल्याएका योजना र निजीक्षेत्र बीच समन्वयमा समस्या देखिएको बताए । तहगत सरकारले स्टार्टअप र इनोभेटिभ उद्यमका लागि योजना ल्याए पनि कार्यान्वनयमा उत्साह नदिएको गुनासो लाठको थियो ।

सहभागी जिल्ला तथा नगर उद्योग वाणिज्य संघका पदाधिकारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले अनुगमनको नाममा व्यापारीसित अनुचित लाभ लिने गरेको आरोप लगाए । सीमावर्ती क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा मालसामान लैजाँदा प्रहरीले बाटोमा अनावश्यक दुःख दिएको गुनासो पनि उनीहरूले गरे ।

भीसीटीएसको कार्यान्वययन अव्यवहारिक भएको र ढुवानीमा कहिले भ्याट लगाउने कहिले हटाउने गर्दा व्यवसायी अन्योलमा सहभागीहरूको भनाइ थियो । सामाजिक सुरक्षा कोष, उपभोक्ता हित ऐनलगायतका कानूनी प्रावधानका कारण व्यवसायीमाथि समस्यामा थपिएको उनीहरुले बताए ।

उद्योगी व्यापारीलाई कोरोनाको खोप उपलब्ध गराउन पनि निजी क्षेत्रले माग गरेको छ । कोरोनाको जोखिममा रहेर काम गर्ने उद्योगी व्यापारीलाई प्राथमिकतामा राखेर खोप वितरण गर्नुपर्ने उद्यमी व्यवसायीहरूले बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले खोपमा निजी क्षेत्रलाई न्यून प्राथमिकतामा राखेको गुनासो गरे । कोरोना महामारीमा अग्रपंक्तिमा रहेर अर्थतन्त्रलाई चलायमान बनाउने उद्योगपति र व्यापारी नै खोप नपाएर जोखिमपूर्ण अवस्थामा काम गरिरहेको बताए ।

खोप किनेर लगाउँछौ भन्दा पनि पाउने अवस्था नभएको निजीक्षेत्रको गुनासो छ । सरकारले निःशुल्क दिन नसक्ने भए किनेरै भए पनि लगाउन उद्यमी व्यापारीहरू तयार भएको श्रेष्ठले बताए ।

खोपको उपलब्ध नहुँदा उद्यमी, तिनका परिवार र कामदार कर्मचारी सबै जोखिममा परेको सहभागीहरूले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button