अर्थखबर फटाफट

जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण कायमै

Thrill Factory
Rungta Group

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतवार पनि जलविद्युत् कम्पनीहरुको शेयरप्रति लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको छ ।

यस दिन सर्वाधिक मूल्यबृद्धिसँगै सर्वाधिक रकमको शेयर कारोबारमा जलविद्युत् कम्पनीहरुनै अगाडी रहेका छन् । यो दिन रू. १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार बराबरको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर कारोबार भएको छ ।

२२७ ओटा कम्पनीको १ लाख २६ हजार ९२४ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । कुल कारोबार रकममा सर्वाधिक हिस्सा यो दिन अपि पावर कम्पनीले ओगटेको छ । अपि पावरसँगै सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीभित्र यस दिन जलविद्युत् कम्पनीहरुनै रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button