स्वास्थ्य/जिवनशैली

यस्ता छन् मेथी खानुका फाइदा

Thrill Factory
Rungta Group

मेथीको दानालाई तपाईँले तरकारी पकाउँदा तेलमा फुराएको पक्कै देख्नु भएकै होला । खाना पकाउँदा बढी प्रयोगमा आउने मेथीले तपाईँको शरीरलाई स्वस्थ राख्नुका साथै धेरै किसिमका रोगहरू लाग्न नदिने क्षमताको हुन्छ । मेथीको दानालाई नियमित सेवन गर्दा तपाईँलाई रोग लाग्न त दिँदैन नै कतिपय लागेको रोगलाई समेत निको गर्ने क्षमता मेथीको सानो दानाले राख्ने गर्छ ।

जोर्नीको दुखाई

शरीरका विभिन्न भागका जोर्नी दुख्नुका साथै कतिपयलाई सुन्निने समेत समस्या हुन्छ । यो समस्यालाई चिकित्सकीय भाषामा अर्थराइटिस भनिन्छ । यदि तपाईँलाई यस्ता किसिमको समस्या छ भने मेथीको दाना मार्फत समस्या समाधान गर्न सक्नुहुन्छ । मेथीमा आइरन, क्याल्सियम, फस्फोरस, एन्टि इन्फ्लामेन्ट्रि र एन्टि अक्सिडेन्ट जस्ता किसिमका गुणहरू रहेको हुन्छ । मेथीको नियमित सेवनले तपाईँलाई यस्ता किसिमको समस्या हुन दिँदैन ।

मोटोपन कम गर्न

तपाई मोटो भएको वा बढी तौल भएको कारण चिन्तित हुनुहुन्छ भने तपाईँको यो समस्या हटाउन मेथी सहयोगी हुन्छ । मेथीमा पोलिफेलोल्स भन्ने तत्त्व पाइन्छ । यसले शरीरमा जम्मा भएको बोसोलाई बढ्न नदिनुका साथै जम्मा भएको बोसोलाई समेत पगाल्न मद्दत गर्छ । मेथीमा फाइबरको मात्रा धेरै भएको कारण तपाईँले खाएको खानेकुरालाई पचाउन र भोकलाई नियन्त्रणमा राख्न पनि मद्दत गर्छ ।

सुन्निएको कम गर्ने

मेथीको दानाले शरीर सुन्निने समस्यालाई पनि कम गर्छ । मेथीको दानामा लिलोनेनिक र लिनोलिक एसिडको मात्रा धेरै हुन्छ । यो पदार्थले शरीर सुन्निने समस्यालाई कम गर्न मद्दत गर्छ ।

डायबिटिज नियन्त्रण

मेथीको दानाको सेवनले रगतमा रहेको चिनीको मात्रालाई समेत नियन्त्रण गर्न सक्छ । डायबिटिजको समस्या भएको व्यक्तिले मेथीको सेवन गर्दा यसमा रहेको हाइपोग्लिसेमिक तत्त्वले नियन्त्रणमा ल्याउने हो । यसले रगतमा रहेको चिनीको मात्रालाई समेत कम गर्न मद्दत गर्छ ।

कोलेस्ट्रोल कम

रगतमा रहेको कोलेस्ट्रोलको मात्रालाई कम गर्न पनि मेथीको दाना सहायक हुन्छ । मेथीको दानामा नारिंगेनिन फ्लेवोनाइट तत्त्व रहेको हुन्छ । यसले रगतमा रहेको लिपिडको मात्रालाई कम गर्न मद्दत गर्छ । यसको साथै मेथीमा रहेको एन्टिअक्सिडेन्ट पनि रहेको हुन्छ । यसले पनि रगतमा रहेको कोलेस्ट्रोललाई नियन्त्रण गर्न मद्दत गर्छ ।

धेरै किसिमका रोगहरूमा अति नै उपयोगी मानिने मेथीलाई तपाईँले एक रात भिजाएर, टुसा उमारेर र विभिन्न तरकारीहरूमा पकाएर खान सक्नुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button