अन्तराष्ट्रिय

फेरि बढ्यो कोरोना संक्रमण : एकैदिन थपिए ७ लाख संक्रमित

Thrill Factory
Rungta Group

विश्वमा कोरोना संक्रमणदर फेरि बढेको छ । विश्वमा बितेको २४ घण्टामा कोरानाका करीब ७ लाख नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो तथ्यांक अनुसार ६ लाख ९० हजार ७६८ संक्रमित थपिएका छन् । सोही अवधिमा १० हजार २५३ जनाले ज्यान गुमाएको वल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या २० करोड १६ लाख ३२ हजार ४१७ पुगेको छ ।

अहिलेसम्म ४२ लाख ७९ हजार ३०२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १८ करोड १४ लाख १६ हजार जना कोरोना मुक्त भएका छन् ।

संक्रमणमा परेका १ करोड ५९ लाख ३७ हजार ११५ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये ९४ हजार ६३४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

संक्रमण फैलिएका मुलुकको सूचीमा अमेरिका सबैभन्दा शीर्ष स्थानमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button