No Image Headlineदेशमुख्य खबर

नेपाल पक्षको अडान-एकता हुन्छ, तर आत्मसमर्पण मान्य छैन

Thrill Factory
Rungta Group

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले सम्मानजनक एकता हुनुपर्ने बताएका छन् ।

बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्माजनक एकता हुनुपर्ने बताएका हुन् ।

बैठकमा नेता नेपालले एकतालाई जोगाउन अहिलेसम्म भएका प्रयाससँगै अन्तिमसम्म प्रयास एकताको प्रक्रिया र वार्ता अघि बढिरहेको बताए ।

नेपालको भनाइ उदृत गर्दै नेता रघुजी पन्तले भने,‘ एकता हाम्रो चाहना हो, हाम्रो इच्छा हो भन्नुभयो । वार्ता भइरहेको छ भनेर जानकारी गराउनुभयो ।’

बैठकमा उपाध्यक्ष भीम रावलले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न माग गरेका छन् । पार्टी एकता कार्यदलको १० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने उनले बताए ।

नेता झपटबहादुर रावलले एमालेलाई सुदृढ र सवल कसरी बनाउने भन्ने विषमया नै बैठक केन्द्रित भएको र पार्टी तथा कम्युनिष्ट आन्दोलन कमजोर बनाउनका लागि भइरहेका गतिविधिको कसरी मुकाविला गर्ने भन्ने सम्बन्धमा छलफल केन्द्रित रहेको जानकारी दिए ।

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीलाई एकताबद्ध बनाउने कुरामा नै बैठक केन्द्रित रहेको तर आत्मसमर्पण गरेर भने एकता नहुने जिकिर गरिन् ।

बैठकमा ७० भन्दा बढी सदस्य सहभागी भएको जनाइएको छ । आज केही केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको र भोलि साढे ११ बजे फेरि बैठक बस्ने नेता पन्तले जानकारी दिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button