कला/साहित्य

बारबेडियन पप गायिका रिहाना बनिन् अर्बपति

लन्डन (बेलायत)-बारबेडियन पप गायिका रिहाना औपचारिक रुपमा अर्बपति बनेकी छिन् ।

अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका अनुसार १ अर्ब ७० करोड डलर नेटवर्थसहित रिहाना विश्वकै धनी महिला संगितकर्मी बनेकी हुन् । उनको कस्मेटिक्स कम्पनी फेन्टी ब्यूटीको मूल्य नै करीब १ अर्ब ४० करोड डलर भएको बताइएको छ ।

उनको बाँकी सम्पत्ति लिंगरी कम्पनी स्याभेज एक्स फेन्टीमा छ । सो कम्पनीको मूल्य करीब २७ करोड डलर भएको अनुमान गरिएको छ । यसबाहेक संगित र अभिनयबाट पनि उनले कमाई गर्दै आएकी छिन् ।

यो सँगै रिहाना ओप्रा विन्फ्रीपछि विश्वको सबैभन्दा धनी महिला इन्टरटेनर बनेकी छिन् । रिहानाले लक्जरी गूड्ज कम्पनी एलभीएमएचसँगको सहकार्यमा सन् २०१७ मा फेन्टी ब्यूटी लञ्च गरेकी थिइन् । एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button