अर्थ

जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको उच्च आकर्षण, नेप्से हालसम्मकै उच्च विन्दुमा

Thrill Factory
Rungta Group

काठमाडौं । शेयर बजारले उचाई लिने क्रमले बुधवार पनि निरन्तरता पाएको छ ।

बुधवारको बजारमा जलविद्युत् कम्पनीको शेयर खरीदमा लगानीकर्ताहरुको उच्च आकर्षण रहेको थियो । यस दिन जलविद्युत् समूहका लगानीकर्ताहरुलेनै सर्वाधिक कमाएका छन् ।

यस दिनपनि नेप्से परिसूचक १२ दशमलव १५ अंकले बढेर हालसम्मकै उच्च ३ हजार १२३ दशमलव २४ विन्दुमा पुगेर बन्द भएको हो । मंगलवार २६ दशमलव शून्य २ अंक बढेर ३ हजार १११ दशमलव शून्य ९ विन्दुमा बन्द भएको बजार बुधवार ३ हजार १२६ दशमलव ९९ विन्दुदेखि खुला भएको थियो ।

यस दिन ३ हजार १३९ दशमलव ३० विन्दुसम्म पुगेको बजार ३ हजार १२५ दशमलव ३४ विन्दुसम्म झरेको थियो । नेप्से परिसूचकसँगै ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि यो दिन शून्य दशमलव ७१ अंक बढेर ५७८ दशमलव २३ विन्दुमा पुगेको छ ।

नेप्सेले हालसम्मकै उच्च विन्दु कायम गरिरहँदा कारोबार रकमले पनि उच्चता पाएको छ । मंगलवार रू. ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ बरावरको शेयर कारोबार भएकोमा बुधवार रू. १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन २२५ कम्पनीको १ लाख ४४ हजार ८८७ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ८८ लाख १३ हजार ८८१ कित्ता शेयर कारोबार भएको हो ।

कुल कारोबारमा सर्वाधिक हिस्सा यो दिन अपि पावर कम्पनीले ओगटेको छ । उक्त कम्पनीको बुधवार रू. ७९ करोड ५० लाख १९ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार भएको यस दिन अपि पावरको शेयरमूल्य पनि १० प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. ५१ दशमलव ३० ले बढेर अपि पावरको अन्तिम शेयरमूल्य यस दिन रू. ५६४ दशमलव ३० कायम भएको हो ।

अपि पावरसँगै यस दिन आठ ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस दिन खानीखोला हाइड्रोपावरको प्रतिकित्ता रू. ३३ दशमलव २० ले बढेर अन्तिम मूल्य रू. ३६५ दशमलव २०, दिव्यश्वरी हाइड्रोपवारको प्रतिकित्ता रू. ३३ दशमलव ९० ले बढेर अन्तिम मूल्य रू. ३७२ दशमलव ९०, कालिका पावर कम्पनीको प्रतिकित्ता रू. ६८ ले बढेर अन्तिम मूल्य रू. ७४८ कायम भएको छ ।

त्यसैगरी अपर तामाकोशीको प्रतिकित्ता रू. ६९ दशमलव २० ले बढेर अन्तिम मूल्य रू. ७६१ दशमलव २० , घलेम्दी हाइड्रोपावरको प्रतिकित्ता रू. ४६ दशमलव ७० ले बढेर अन्तिम मूल्य रू. ५१३ दशमलव ८० र यूनियन लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ३९ दशमलव ९० ले बढेर अन्तिम मूल्य रू. ४३८ दशमलव ९० कायम भएको छ ।

कारोबारमा आएका समूहगत परिसूचकहरुमध्ये यो दिन जलविद्युत् समूहको सर्वाधिक ५ दशमलव ८१ प्रतिशत बढेको छ । त्यस्तै यो दिन बैंकिङ्गको शून्य दशमलव २ प्रतिशत ,विकास बैंकको १ दशमलव ३६ प्रतिशत, वित्तको १ दशमलव ६८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४१ प्रतिशत र लगानी समूहको शून्य दशमलव २९ प्रतिशत परिसूचक बढेको छ ।

यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक २ दशमलव ११ प्रतिशतले घटेको छ । यो सँगै व्यापारिक समूहको १ दशमलव ४३ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव २ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५६ प्रतिशत, अन्यको शून्य दशमलव ९६ प्रतिशत, जीवन बीमाको शून्य दशमलव शून्य २ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६७ प्रतिशत परिसूचक घटेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button