No Image Headlineखबर फटाफटदेश

स्वास्थ्य राज्यमन्त्रीले गरेका सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन

Thrill Factory
Rungta Group

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको तीनजना स्वास्थ्य पदाधिकारीहरूको सरुवा तत्काल रोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

सोमबार वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम, डा. विवेकलाल कर्णलगायत तीनजना सहसचिवको सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो ।

११ औँ तहका कर्मचारीको सरुवा राज्यमन्त्रीस्तरबाट हुन नसक्ने भन्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button