No Image Headlineदेश

कर्णाली डुंगा दुर्घटनाः १ जनाको मृत्यु पुष्टि, ३ जना अझै वेपत्ता

Thrill Factory
Rungta Group

सुर्खेत-कर्णाली नदीमा डुंगा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना अझै बेपत्ता छन् ।

कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीका इन्चार्ज राजेन्द्रबहादुर कुमालले जानकारी दिए ।

दुर्घटनामा शुरुमा ६ जना हराएकोमा अरुलाई सकुशल फेला पारिएको प्रहरीले बताएको छ । वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ ।

कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिएको थियो । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदा दुर्घटनामा परेको प्रहरीले बताएको छ । १० जना सवार रहेको डुंगा पल्टिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button