कला/साहित्य

एकअर्काको गीत गाउँदै आदित्य–उदित

Patanjali Nepal
Sweet Mart Food

मुम्बई- बलिउड गायक तथा टेलिभिजन होस्ट आदित्यनारायण झाका लागि यसवर्षको ‘इण्डियन आइडल’ केही विशेष छ । आगामी अगष्ट १५ मा हुने यो शोमा शोका होस्टसमेत रहेका आदित्यले आफ्ना भेट्रान गायक पिता उदितनारायण झासँग गीत गाउदैछन् ।

तर उनीहरुको गीत गाउने शैली केही फरक हुनेछ । अर्थात् आदित्यले उदितको गीत गाउनेछन् भने उदितले आदित्यको । आदित्यले उदितको ‘डोली सजा के रख्ना’, ‘पापा केहते हे’, ‘जादु तेरी नजर’ र ‘पेहला नसा’ गीत गाउँदा उदितले आदित्यको गीत ‘तत्तड तत्तड’ र ‘इश्किया डिस्कियाँ’ गाउनेछन् ।

‘बुवासँग एकै स्टेजमा गीत गाउन पाउदा उत्साहित छु । म बुवाको र बुवाले मेरो गीत गाउनेछौं’, आदित्यले भनेका छन् । मुम्बईको सेटमा छायांकन हुने फिनालेमा प्रतियोगिताको उत्कृष्ट १५ प्रतिष्पर्धीले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button