खबर फटाफटदेशमुख्य खबर

३१०६ जनामा संक्रमण पुष्टि, कोरोनाबाट २३ जनाको ज्यान गयो

Thrill Factory
Rungta Group

काठमाडौं- नेपालमा विगत २४ घण्टामा थप ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार ९ हजार २६३ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा २ हजार २८० र ४ हजार २५६ ओटा नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८२६ जनामा संक्रमण देखिएको हो ।

सो अवधिमा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ ।

विगत २४ घण्टामा देशभर १ हजार ९१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button