खेल संसार

बार्सिलोना, रियल म्याड्रिड र युभेन्टसले सुपर लिगको योजनालाई निरन्तरता दिने

Thrill Factory
Rungta Group

बार्सिलोना, रियल म्याड्रिड र युभेन्टसले युइएफएबिरुद्ध आफुहरुले सफलतापूर्वक तर्क गरेको दाबी गर्दै युरोपेली सुपर लिगको योजनालाई निरन्तरता दिने बताएका छन्।

तीन क्लबको एक संयुक्त विज्ञप्तीमा युइएफएसँगको विवाद पश्चात सुपर लिगलाई निरन्तरता दिने ढोका खोलेको तर्क गरेका छन् ।

युईएफएले जुनमा विश्वका ठुला क्लबहरुले गरेको कार्यलाई निन्दा गर्दै कडा कारबाही गर्ने निर्णय गरेकोे थियो । त्यसपछि यो मामला युरोपेली अदालतमा पुगेको थियो ।

बाह्र क्लबहरुले अप्रिलमा सुपर लीगको संस्थापक सदस्यहरु को रूपमा युरोपियन सुपर लिगको घोषणा गरे, तर प्रस्तावित प्रतियोगिता समर्थकको विरोध, यूईएफए, फिफा र घरेलु लीग, साथै ब्रिटिश सरकारको विरोधको बीच ७२ घन्टा भित्रमा नै योजना फिर्ता लिइएको थियो।

बार्सिलोेना,युभेन्टस र रियल भने उक्त घटनाका मुख्य योजनाकारका रुपमा मुछिएका थिए र आफ्नो अडानमा यथावत रहेका थिए । युईएफएले भने तीन क्लबले हालै निकालेको विज्ञप्तीको जवाफ दिन अस्वीकार गरेको छ।

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज, जो ईएसएलका संस्थापक अध्यक्षको रूपमा थिए, उनले नयाँ युरोपियन सुपर लीगमा सामेल हुन सहमत भएका १२ क्लबहरुले बाध्यकारी सम्झौताका कारण इएसएल छोड्न नसक्ने बताएका छन् ।

म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनल, टोटेनहम, इन्टर मिलान, एसी मिलान र एट्लेटिको म्याड्रिडलाई भने मे महिनामा यूईएफएले आर्थिक सजाय सुनाएको थियो।

प्रिमियर लिगका क्लबहरु जूनमा २२ मिलियन पाउण्ड तिर्न सहमत भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button