No Image Headlineदेशमुख्य खबरविशेष

कोरोनाको सम्भाव्य तेस्रो लहरको जोखिम : कसरी गर्ने रोकथाम ?

Thrill Factory
Rungta Group

काठमाडौं-मुलुकमा विभिन्न समयमा अल्फा, डेल्टा र कप्पा भेरियन्ट बढी देखिएको छ। कोरोना संक्रमणको दोस्रो लहरको सुरुवाति चरणमा अल्फा भेरियन्टले बढी प्रभाव पारेको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार अल्फालाई डेल्टा भेरियन्टले विस्थापित गरेको छ।

अहिलेसम्मका भाइरसमध्ये डेल्टा भेरियन्ट छिटो फैलने र बढी संक्रामक पाइएको छ। ‘पहिलो लहरभन्दा दोस्रोमा बढी प्रभावित हुनुमा डेल्टा भेरियन्ट नै कारक हो,’ डा। झाले भनिन्।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बाहिरको परिदृश्य हेर्ने हो भने कोरोना भाइरसको महामारी सकिएको जसरी भीडभाड गर्ने र मास्क लगाउने कुरालाई बिर्सने प्रवृत्ति देखिएको छ।

‘एकअर्का व्यक्तिलाई संक्रमणको घेरामा राखेर गर्नुपर्ने भौतिक दूरी कायम कुरा बिर्सने गतिविधि बढ्दै गएको छ। मानिस मानिस बीचको भेटघाट बढ्दै गएको छ,’ उनले भने, ‘सार्वजनिक स्थलमा हामी धेरै मानिसको भेटघाट हुन्छ। यस्तो अवस्थाले झन बढी संक्रमणको जोखिममा लगिरहेको अवस्था छ।’

स्वास्थ्य मन्त्रालय एवं स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न निकाय, पेशागत निकाय र सर्वसाधारण नागरिकबीचको सामूहिक प्रयासले मात्र संभावित तेस्रो लहरको रोकथाम एवं न्यूनीकरण गर्न सकिने विज्ञहरूको भनाइ छ।

घर र अफिसमा संक्रमण आउन नदिन मैले के गर्नुपर्छ भन्नेमा सचेत हुन सके संक्रमण रोकथामका लागि प्रभावकारी हुने डा. अधिकारीको भनाइ छ। जनस्वास्थ्यका मापदण्डको कडाईका साथ पालना गर्ने र गराउने वा बुझाउने प्रयास गर्नुपर्छ।

कोरोना भाइरसले आफ्नो जीनमा स–सानो परिवर्तन गरिरहन्छ। जसलाई म्युटेसन भनिन्छ। धेरैजसो म्युटेसनले कुनै प्रभाव नपारे पनि कहिलेकाहीँ म्युटेसनले भाइरसको चरित्रमा ठूलो बदलाव ल्याउने विज्ञ बताउँछन्।

भाइरस बढी संक्रामक हुने, छिट्टै फैलन सक्ने र उपलब्ध औषधिले काम नगर्ने पनि हुन सक्छ। मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले सरकारी निकायले संक्रमणको तथ्यगत आधार पत्ता लगाउनुपर्ने बताए।

जनशक्तिको आँकलन एवं परिचालन, अस्पतालमा पूर्वाधारहरू थप्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने, होल्डिङ सेन्टर एवं क्वारेन्टाइन, आइसोलेसनको व्यवस्थापनमा अहिले नै ध्यान दिनुपर्ने उनको भनाइ छ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै संक्रमणलाई रोक्दै एकअर्कालाई जोगाउँदै खोप अभियान सञ्चालन गर्नुपर्ने बताए। सरकारले सम्भावित तेस्रो लहरलाई मध्यनजर गरी खोप अभियानलाई अघि बढाइरहेको बताएको छ ।

एकअर्कालाई संक्रमणको आशंकाको घेरामा राख्ने र अनिवार्य मास्कको प्रयोग गर्ने, अत्यावश्यक नभई घरबाट बाहिर ननिस्कन उनले आग्रह गरे। पानीले हात धुने अथवा सेनिटाइजर प्रयोग गर्ने गर्नुपर्छ। हातले जहाँ पायो त्यहीँं छोएपछि अनुहारमा छुने बानी बन्द गर्नुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button