No Image Headlineखबर फटाफटदेश

कोरोनाले मृत्यु हुनेको संख्या ४२ लाख नाघ्यो, खोपमा असमानताले कठिन बन्दै नियन्त्रण

Thrill Factory
Rungta Group

काठमाडौं-विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ लाख नाघेको छ ।

विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख २ हजार ५६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९ हजार ८९९ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ७६ हजार ५७८ जनानमा संक्रमण भएको छ । यस्तै थप ४७२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख २८ हजार ८३ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ५३ हजार २७२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा बिहीबार बिहानसम्म ४ लाख २२ हजार ६९५ संक्रमितको मृत्यु भएको छ ।

यस्तै रूसमा १ लाख ५६ हजार ‍१७८ जना, बेलायतमा १ लाख २९ हजार ४३० जना, फ्रान्समा १ लाख ११ हजार ७३५ जना, इटालीमा १ लाख २८ हजार १० जनाको मृत्यु भएको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ४१ हजार १६४ जना संक्रमित भएका छन् । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख २९ हजार ८५७ छ । पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १७ करोड ८० लाख ७२ हजारभन्दा बढी छ ।

विश्वभर संक्रमितको संख्या १९ करोड ६६ लाख २४ हजार ४८४ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रीय संक्रिमतको संख्या १ करोड ४३ लाख ४९ हजार ७०३ छ । यसमध्ये ८६ हजार ४७८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button