देश

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

Thrill Factory
Rungta Group

काठमाडौँ– नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधानको धारा ७६ (९) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवासँगै रहने गरी श्रेष्ठलाई राज्यमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै लिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button