कला/साहित्य

सनी देओलले बाथ रुममा छोडेका थिए अवार्ड

Thrill Factory
Rungta Group

मुम्बई– अभिनेता सनी देओल आफ्नो अढाई किलोको हातसँगै बलिउडमा रिसका लागि लोकप्रिय छन् । भनिन्छ, उनी रिसाए भने कसैको कुरा सुन्दैनन् । सनीले आफ्नो करियरमा कैयौं सुपरहिट फिल्म दिएका छन् ।

उनले आफ्नो करियरमा ‘गदर’, ‘घायल’, ‘त्रिदेव’जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरेका छन् । उनले फिल्म ‘गदर’का लागि एक अवार्ड जितेका थिए । तर उनको क्रियाकलापले सबै चकित परे ।

सनीले ‘गदर’का लागि ‘वेस्ट क्रिटिक्स एक्टर च्वाइस अवार्ड’ जितेका थिए । तर उनले यो अवार्ड मनपराएनन् र बाथरुममा छोडेर निस्किए । त्यसो त सनीमात्र होइन, अन्य अभिनेता तथा अभिनेत्री पनि अवार्डप्रति अविश्वास राखेर नै कुनै अवार्ड समारोहमा जाँदैनन् ।

जी टेलिफिल्मसका पूर्व सीइओ सन्दीप गोयलले आफ्नो पुस्तक ‘अनेष्ट टू गड’मा सनीले आफ्ने अवार्ड बाथरुममा किन छोडे भनेर उल्लेख गरेका छन् । उनका अनुसार जी टेलिफिल्मस्ले सन् २००१ मा फिल्म ‘गदर’ निर्माण गरेको थियो । यसको अवार्ड आयोजना पनि जी टेलिफिल्मसले नै गरेको थियो ।

अवार्ड दिने सूचीमा आमिर खानको फिल्मको नाम राखिएपछि सनीको ‘गदर’ परेको थिएन । जीले नै फिल्म निर्माण गरेकाले आफ्नो फिल्मलाई सूचीमा राखेको थिएन । अवार्डमा आमिरको फिल्म ‘लगान’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो भने आमिरले उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए ।

अवार्डमा सनीलाई ‘बेस्ट क्रिटिक्स एक्टर च्वाइस अवार्ड’ दिइए पनि उनी केही नबोली निस्किएका थिए । अवार्ड लिएपछि सनी सिधै बाथरुम गएका थिए । जहाँ उनले अवार्ड छोडे । यो घटनापछि सन्दीप र सनीको भेट भएन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button