No Image Headlineअर्थमुख्य खबरविशेष

वैदेशिक व्यापारमा निरन्तर घाटा : भारतसँग मात्रै साढे ८ खर्बभन्दा बढीको व्यापारघाटा

Thrill Factory
Rungta Group

काठमाडौं नेपालको वैदेशिक व्यापारमा घाटाको ग्राफ निरन्तर उकालो लागिरहेको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा नेपालको वैदेशिक व्यापार १५ खर्ब ३९ अर्ब रुपैयाँ भएकोमा व्यापार घाटा १३ खर्ब ९८ अर्ब रहेको भन्सार विभागको तथांक छ । गत आर्थिक वर्षमा १४ खर्ब ११ अर्ब रुपैयाँकोबराबरको आयात हुँदा निर्यातको आकार १ खर्ब ४१ अर्ब रुपैयाँमा सीमित छ ।

सबैभन्दा बढी व्यापार घाटा छिमेकी मुलुक भारतसँग छ । गत वर्ष नेपालले भारतबाट ९ खर्ब ७१ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको मालवस्तु आयात गरेको छ । नेपालबाट भारतमा १ खर्ब भन्दा मालवस्तु पठाएको गएको छ । भारतसँग नेपालको व्यापार घाटा ८ खर्ब ६५ अर्ब बराबर छ ।

चीनबाट पनि २ खर्ब ३३ अर्ब रुपैयाँ भन्दा बढीको आयात भएको छ । चीनमा नेपालले १ अर्बको मात्र निर्यात गरेको तथ्यांक भन्सार विभागसित छ । चीनसँगको वैदेशिक व्यापारमा २ खर्ब ३२ अर्ब बढी घाटा छ ।

नेपालले गत आर्थिक वर्ष लक्ष्यभन्दा बढी भन्सार राजस्व उठाएको छ । भन्सार राजस्व ४ खर्ब ४३ अर्ब २६ करोड ८४ लाख रुपैयाँ उठेको भन्सार विभागले बताएको छ । ४ खर्ब ४० अर्ब भन्सार राजस्व उठाउने लक्ष्य राखिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button