अन्तराष्ट्रिय

पश्चिमी हेरात प्रान्त आफ्नो नियन्त्रणमा आएको अफगानिस्तान सरकारको दाबी

Thrill Factory
Rungta Group

पश्चिमी हेरात प्रान्त पुनः आफ्नो नियन्त्रणमा आएको अफगानिस्तान सरकारले दाबी गरेको छ ।

सरकारी सेनाले हेरात प्रान्तको कारुख जिल्लालाई पुनः कब्जा गरेको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले पुनः कब्जा गर्ने क्रममा भएको कारबाहीमा १८ तालिबान लडाकु मारिनुको साथै अरु २० जना घाइते भएका पनि विज्ञप्तिमा भनिएको छ ।

एक महिनायता हेरात प्रान्तका केही जिल्लामा कब्जा गरेका अफगान तालिबान समूहले कारुख जिल्लाको अवस्थाबारे अहिलेसम्म प्रतिक्रिया जनाएको छैन ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता सुरु भएदेखि नै तालिबानी समूहले ओगटेका सबै जिल्ला फिर्ता गर्न सरकारी सेनाले कारबाही सुरु गर्ने अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले बताउनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button