अर्थखबर फटाफटदेश

आजदेखि लामो दूरीका सार्वजनिक यातायात चल्ने

Thrill Factory
Rungta Group

काठमाडौं-आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात सञ्चालन गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यात्राको लागि सहजीकरण गर्न यातायात चल्न दिने निर्णय हो ।

यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ । साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।

गृहमन्त्रालयले लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरी सकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button