No Image Headlineदेश

बाढीपहिरोबाट सात जिल्लाका १४ सडक पूर्ण अवरुद्ध

Thrill Factory
Rungta Group

काठमाडौं । बाढीपहिरोका कारण मुलुकभरका विभिन्न राजमार्ग तथा सडकका साथसाथै पुलहरूमा पनि क्षति हुने क्रम जारी रहेको छ । जेठ अन्तिमदेखि हालसम्म मुलुकभर १२५ स्थानका सडकमा क्षति पुगेको छ ।

तीमध्ये १४ जिल्लाका सडक खण्डहरू पूर्णरूपमा अवरुद्ध छन् । सडक विभागका अनुसार बाढीपहिरोका कारण मनाङ, पर्वत, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, तनहुँ र पाल्पा जिल्लाका विभिन्न १४ स्थानमा सडक पूर्ण अवरुद्ध छन् । तीमध्ये मनाङ जिल्लाका सडकहरू धेरै ठाउँमा अवरुद्ध छन् ।

विभागले नियमित रूपमा पहिरो झर्ने र भौगोलिक अवस्था जटिल भएकाले वर्षा नरोकिँदासम्म मनाङका सडकहरू सञ्चालनमा असहज भएको जानकारी दिएको छ ।

पुष्पलाल राजमार्गको पर्वत जिल्लाको सहस्रधारा र अरनिको राजमार्गको सिन्धुपाल्चोक जिल्लाको लिपिङमा सडक अवरुद्ध भएको छ । डुम्रे–बेशींशहर–चामे सडकको मनाङ, लमजुङ जिल्लाका सडक खण्डहरू पनि अवरुद्ध छन् । असार १ गतेदेखि मनाङका तिमाङ खोला, धारपानी, बगरछाप लमजुङको रामबजार, अर्खले, च्याम्चे स्थानका सडक खण्ड १ महीनादेखि पूर्ण रूपमा अवरुद्ध रहेको विभागको तथ्यांक छ ।

रसुवाको त्रिशूलीखोला, सानो भार्खु खोला गाँजाबारीस्थित सडक पनि अवरुद्ध छ । सिन्धुपाल्चोकको कोदारी खण्ड पनि असार १५ गतेदेखि पूर्ण अवरुद्ध रहेको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लामा पर्ने अगाहखोला पनि असार ३१ गतेदेखि अवरुद्ध रहेको छ । विभागका अनुसार अवरुद्ध १२५ सडकमध्ये ४४ सडक खण्डहरू दुईतर्फी सञ्चालनमा आएका छन् ।

त्यस्तै ६७ सडक खण्ड एकतर्फी सञ्चालनमा आएका छन् । कतिपय सडक महीना दिनदेखि अवरुद्ध छन् भने कतिपय अवरुद्ध भएको १ दिनमै वा २/३ दिनको अन्तरालमा एकतर्फी रूपमा भए पनि सञ्चालनमा आएको सम्बद्ध डिभिजन तथा कार्यालयहरूले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button