खेल संसार

विश्वकप फुटबल आयोजनामा इटाली र साउदी अरेबियाको आआफ्नै दाउ

एजेन्सी-सन् २०३० को विश्वकप फुटबल आयोजनामा इटाली र साउदी अरेबियाले संयुक्त दाबी गरेका छन् ।

संयुक्त रुपमा विश्वकप आयोजनाका लागि इटाली र साउदीले छलफल अघि बढाएको द एथ्लेटिकले जनाएको छ ।

सन् २०३० को विश्वकप आयोजकको घोषणा फिफाले सन् २०२४ मा मात्रै गर्ने जनाएको छ ।

यसअघि स्पेन र पोर्चुगलले पनि २०३० को विश्वकप आयोजनाका लागि संयुक्त रुपमा दाबी पेश गरिसकेका छन् ।

आउदो सन् २०२२ को विश्वकप कतार र २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा हुने तय भइसकेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button