No Image Headlineखबर फटाफटदेश

आज प्रतिनिधिसभाको बैठक बस्दै: यस्तो छ कार्यसूची

Thrill Factory
Rungta Group

काठमाडौँ– पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक भोलि ९आइतबार० बस्दैछ ।

आइतबार अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव डा भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यक्रम अनुसार आइतबार हुने संसदको आठौँ अधिवेशनमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ ।

सम्भावित कार्यसूचीअनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यक्रम रहेको छ । यसैगरी निधन भएका पूर्व सांसद एवं संविधान सभा सदस्यहरूप्रति शोक प्रस्ताव पारित गरिने कार्यसूची छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button