अन्तराष्ट्रिय

पाकिस्तानमा बम विस्फोट, १३ जनाको मृत्यु

Thrill Factory
Rungta Group

पेशावर -पाकिस्तानको उत्तरी भागमा बुधबार एउटा यात्रुवाहक बसमा बम विस्फोट हुँदा नौ जना चिनियाँ नागरिकलगायत १३ जनाको ज्यान गएको छ । बेइजिङले यस घटनालाई बम विस्फोटनको संज्ञा दिए पनि इस्लामावादले भने सवारी दुर्घटना मात्र भएको जनाएको छ । विस्फोटपछि बस सडक नजिकको खोंचमा खसेको थियो । यस घटनामा दुईजना पाकिस्तानी सैनिक पनि मारिएका छन् ।

प्रहरी तथा अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार विस्फोट भएको स्थान पश्चिमी प्रान्त खाइबर–पाख्तुन्ख्वामा बेइजिङको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका जलविद्युत् परियोजनामा धेरै वर्षदेखि चिनियाँ इन्जिनियर र पाकिस्तानी निर्माण कामदारहरू कार्यरत रहँदै आएका छन् । पाकिस्तानस्थित चिनियाँ दूतावासले यस घटनामा आफ्ना नौ जना नागरिकले ज्यान गुमाएको पुष्टि गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको पूर्ण छानबिन तथा आफ्ना नागरिक र परियोजनाको रक्षा गरिने जनाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले यान्त्रिक गडबडीको कारण ग्यास चुहिँदा विस्फोट भएको जनाएको छ ।हाजारा क्षेत्रका एकजना वरिष्ठ सरकारी अधिकारीले नाम नखलाउने शर्तमा अपर कोहिस्तानस्थित दासु बाँधतर्फ गइरहेको सो बसमा ३० जना चिनियाँ इन्जिनियर रहेको बताएका छन् । यसअघि पनि विगतमा विशेषगरी दक्षिण पश्चिमी बालुचिस्तान प्रान्तमा चिनियाँ कामदारहरूमाथि पृथकतावादी समूहले आक्रमण गर्ने गरेका थिए ।पश्चिमी चीनलाई दक्षिणी पाकिस्तानी बन्दरगाह शहर ग्वादारलाई जोड्ने तथा ६५ अर्ब अमेरिकी डलर लगानी रहेको चाइना –पाकिस्तान इकोनोमिक करिडर (सीपीएसी)को एक अंशको रूपमा दासु जलविद्युत् परियोजना रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button