अन्तराष्ट्रिय
भारतमा कोरोना संक्रमित र कोरोनामुक्त हुनेको संख्या बराबर

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ७२ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १० लाख २४ हजार नाघेको छ ।
यस्तै भारतमा पछिल्लो २४ घण्टामा ५४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।यो सँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख १२ हजार ५ सय ६३ पुगेको छ ।


यस्तै भारतमा एकैदिन ३९ हजार ८ सय २९ जना कोरोना मुक्त भएका छन् । यो सँगै भारतमा कोरोना मुक्त हुनेको संख्या ३ करोड १ लाख ७६ हजार नाघेको छ ।
भारतमा ४ लाख ३७ हजार संक्रिय संक्रमित रहेका छन् । त्यसैगरी भारतमा अहिलेसम्म ३९ करोड १३ लाख ४० हजार ४९१ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।