अन्तराष्ट्रिययस्तो पनि

विमानस्थलभन्दा सुविधा सप्पन्न रेल स्टेशन

Thrill Factory
Rungta Group

भारतको भोपालमा बनाइएको रेल्वे स्टेशन नयाँ मात्रै होइन विश्वस्तरीय सुविधासहितको स्टेशन बनेको छ । सन् १९७९ मा बनेको हबिबगञ्ज नामको सो रेल्वे स्टेशनलाई पुनर्निर्माण गरिएपछि नयाँ स्वरुपको बनेको हो ।

भारतीय रेल्वेको स्टेशन पुनर्विकास कार्यक्रमअन्तर्गत सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमार्फत यात्रुलाई विश्वस्तरीय सुविधा प्रदान गर्न उक्त स्टेशनको पुनर्निर्माण गरिएको बताइएको छ ।

भारतीय रुपैयाँ ४ अर्ब ५० करोडको अनुमानित लागतमा यसको मर्मत कार्य २०१७ को जनवरीबाट शुरु गरिएको हो । पहिले सन् २०१६ को जुलाईमा शुरु गर्ने भनिए पनि जनवरीबाट मात्र ३ वर्षमा सक्ने गरी निर्माण थालिएको थियो ।

हबीबगञ्ज स्टेशनमा करिब ३५ देखि ४० हजारसम्म यात्रुको ओहोरदोहोर हुने अनुमान गरिएको छ । त्यहाँ ८५ जोडी रेल राख्न मिल्ने प्लेटफर्म समेत बनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button