भारतमा कोरोनाका ४१ हजार संक्रमित थपिए

भारतमा कोरोना भाइरसबाट एकैदिन नयाँ ४१ हजार ८०६ जना संक्रमित भएका छन् ।
सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक संक्रमितको संख्या फेरि बढेको हो। अघिल्लो दिन ३८ हजार ७९२ जना नयाँ संक्रमित थपिएका थिए ।


त्यसैगरी कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले थप ३९ हजार १३० जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिले पनि कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या चार लाख ३२ हजार ४१ रहेको अधिकारीले जनाएका छन् ।
पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण थप ५८१ जनाको मृत्यु भएको पनि मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड नौ लाख ८७ हजार ८८० पुगेको छ भने तीमध्ये तीन करोड एक लाख ४३ हजार ८५० जना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरसबाट मृत्यु भएकाको कुल संख्या भारतमा अहिलेसम्म चार लाख ११ हजार ९८९ पुगेको मन्त्रालयले जनाएको छ ।