अर्थखबर फटाफटविशेष

रेमिट्यान्स बढेर ८ खर्ब ७० अर्ब पुग्यो

Thrill Factory
Rungta Group

काठमाडौं- गत आर्थिक वर्षको जेठमा घटेको विप्रेषण (रेमिट्यान्स) आप्रवाह चालू आर्थिक वर्षको सोहि अवधिमा भने १२ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ ।

यसरी वृद्धि हुँदा विप्रेषण ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ३ दशमलव २ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो ।

अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह १० दशमलव ४ प्रतिशतले बढेर  ७ अर्ब ३९ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ५ दशमलव २ प्रतिशतले घटेको थियो ।

एकै महीनाको अन्तरमा अर्थात जेठमा मात्रै विप्रेषण ६१ अर्ब ५ करोड थपिएको छ । चालू आर्थिक वर्षको वैशाखसम्म अर्थात् १० महीनासम्ममा विप्रेषण आप्रवाह १९ दशमलव २ प्रतिशतले वृद्धि भई ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ पुगेको थियो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह भने ६ दशमलव ३ प्रतिशतले घटेको थियो ।

पछिल्लो समय रेमिट्यान्स बढ्दा पनि शोधनान्तर वचत क्रमशः संकुचन हुन थालेको छ । चालू आर्थिक वर्षको १० महीनासम्ममा विप्रेषण आप्रवाह १९ दशमलव २ प्रतिशतले वृद्धि भएर ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ६ दशमलव ३ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो ।

गत आवमा समग्र मुलुकमा कोभिड महामारीको संक्रमण बढेको थियो तर यसपटक नेपालमा दोस्रो महामारीको प्रभाव परे पनि केहि मुलुकमा संक्रमण नियन्त्रणमा आएकाले पनि विप्रेषण बढेको हो । विप्रेषण आप्रवाह पछिल्ला महिनामा क्रमश बढ्दै गएको छ ।

चालू आवको चैत्रको तुलनामा वैशाखमा थप ८० अर्ब ६९ करोडले थप वृद्धि भएको थियो । गत चैत्रमा विप्रेषण आप्रवाह १६ दशमलव ५ प्रतिशतले वृद्धि भएर ७२९ अर्ब २ करोड रुपैयाँ पुगेको थियो । यसरी प्रत्येक महीना नेपाल भित्रिने विदेशी मुद्रा बढ्दा गत वैशाखसम्म शोधनान्तर स्थिति वचतमा भए पनि जेठमा भने घाटामा पुगेको छ । यसको कारण पछिल्लो समय आयात ह्वात्तै बढ्नु पनि हो ।

चालू आवको ११ महीनामाा शोधनान्तरस्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तरस्थिति १ खर्ब ७९ अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको शोधनान्तरस्थिति समिक्षा अवधिमा १४ करोड ८ लाख रुपैयाँले घाटामा रहेको छ ।

शोधनान्तर घट्नुको कारण पछिल्लो समय आयात बढ्नु भएको राष्ट्र बैंकको भनाइ छ । केन्द्रीय बैंकअनुसार आर्थिक वर्ष २०७७/ ७८ को ११ महीनामा कुल वस्तु आयात २५ दशमलव ७ प्रतिशतले वृद्धि भई १ हजार ३८३ अर्ब ३६ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५ दशमलव ३ प्रतिशतले घटेको थियो । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड शिट इन्क्वाइल, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२ दशमलव २ प्रतिशत, २४ प्रतिशत र ९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button