अर्थ

चालू आवको अन्तिम दिन कारोबार कित्ताले रच्यो ऐतिहासिक रेकर्ड

Thrill Factory
Rungta Group

काठमाडौं-चालू आर्थिक वर्ष २०७७/ ७८ को अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार ८८३ दशमलव ३८ विन्दुमा बन्द भएको छ ।

यस आर्थिक वर्ष नेप्से परिसूचक ११२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते नेप्से परिसूचक १ हजार ३६२ दशमलव ३५ विन्दुमा बन्द भएको थियो । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष नेप्से परिसूचक १ हजार ५२१ अंकले बढेको हो ।

चालू आर्थिक वर्षको अन्तिम दिन २ हजार ८८५ दशमलव ४० विन्दुदेखि खुलेको बजार २ हजार ८९० दशमलव १३ विन्दुसम्म पुगेको थियो भने २ हजार ८७७ दशमलव २७ विन्दुसम्म झरेको थियो । यस दिन रू. ८ अर्ब १४ करोड ३६ लाख १४ हजार बराबरको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर कारोबार भएको छ । कारोबार कित्ताले भने ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

यसअघि बुधवार ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर कारोबार भएको थियो । यो आर्थिक वर्षमा नेप्से परिसूचक जेठ ३१ गते हालसम्मकै उच्च ३ हजार २५ दशमलव ८२ विन्दुमा पुगेको थियो ।

हालसम्मको सर्वाधिक रकमको कारोबार भने नेप्सेले उच्च विन्दु कायम गरेको अघिल्लो कारोबार दिन जेठ ३० गते भएको थियो । उक्त दिन रू. १९ अर्ब ५५ करोड १ लाख ६६ हजार बराबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर कारोबार भएको थियो ।

गत आर्थिक वर्षको अन्तिम दिन भने नेपालको शेयर बजारमा रू. १ अर्ब १६ करोड ४ लाख ९१ हजार बराबरको ३२ लाख १२ हजार ९२४ कित्ता शेयर कारोबार भएको थियो । विगत एक वर्षको कारोबार दिन र अहिलेको कारोबार दिनलाई तुलना गर्दा शेयर बजारको आकार फराकिलो भएको छ । गत वर्षको यसै कारोबार दिनको तुलनामा कारोबार रकम ७ गुणाले बढेको छ ।

यस आर्थिक वर्षको अन्तिम कारोबार दिन बिहीवार पनि गोर्खाज फाइनान्सकै सर्वाधिक रकमको शेयर कारोबार भएको छ । बुधवारदेखि सर्वाधिक रकमको कारोबार हिस्सा गोर्खाज फाइनान्सले ओगटेको हो । बुधवार सर्वाधिक रू. २९ करोड ४७ लाख ६९ हजार बराबरको शेयर कारोबार भएको गोर्खाज फाइनान्सको बिहीवार पनि सर्वाधिक रू. ३६ करोड ७० लाख २३ हजार बराबरको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार गरेको कम्पनीको शेयरमूल्य पनि बिहीवार ५ दशमलव ९३ प्रतिशत अर्थात प्रतिकित्ता रू. ७० ले बढेर अन्तिम मूल्य रू. १ हजार २५० कायम भएको छ ।

बिहीवार जलविद्युत र वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन जलविद्युत समूहको सर्वाधिक १ दशमलव ९८ प्रतिशत र वित्त समूहको १ दशमलव ९५ प्रतिशत परिसूचक बढेको हो ।

त्यस्तै बैंकिङ्गको शून्य दशमलव ३२ प्रतिशत , व्यापारिकको शून्य दशमलव ७८ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २६ प्रतिशत, लघुवित्तको शून्य दशमलव ८७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४३ प्रतिशत परिसूचक बढेको छ ।

यो दिन होटल्स तथा पर्यटन समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस समूहको परिसूचक सर्वाधिक १ दशमलव ४ प्रतिशतले घटेको हो । होटल्स तथा पर्यटन समूहसँगै यस दिन विकास बैंक शून्य दशमलव ३ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव १ प्रतिशत, अन्य शून्य दशमलव ३७ प्रतिशत, जीवन बीमा शून्य दशमलव २५ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव शून्य १ प्रतिशत घटेको छ ।

बिहीवार ङादी ग्रुप पावरको शेयरमूल्य ९ दशमलव ४० प्रतिशतले र रैराङ्ग हाइड्रोपावरको ८ दशमलव ९१ प्रतिशतले बढेको छ । ङादी ग्रुप पावरको शेयरमूल्य प्रतिकित्ता रू. ४९ ले बढेर अन्तिम मूल्य रू. ५७० पुगेको हो भने रैराङ्ग हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. ४२८ पुगेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button