खबर फटाफटदेश

गोरखाका तीनजनामा कोरोनाको डेल्टा भेरिएण्ट

गोरखा-गोरखाको बारपाकका तीनजनामा कोरोनाको नयाँ स्वरुप डेल्टा भेरिएण्ट पुष्टि भएको छ। गत जेठ १४ गते पीसीआर परीक्षण गरिएकामध्ये तीन जनामा ‘डेल्टा भेरियन्ट’ पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सिनियर अहेब मोदराज भट्टका अनुसार डेल्टा भेरियन्ट पुष्टि भएका भनिएका तीनजना महिलाको अवस्था अहिले सामान्य छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट परीक्षणका लागि गत जेठ ३१ गते काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएका पाँच वटा नमुनामध्ये तीनजनामा डेल्टा भेरियन्ट पुष्टि भएको हो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button