खेल संसार
कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

रियो दि जेनेरियो – कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिलको माराकाना रंगशालामा आइतबार बिहान भएको फाइनलमा घरेलु टिमलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो ।



खेलको पहिलो हाफको २२औं मिनेटमा डि मारियाले गरेको एकमात्र गोल खेलको निर्णायक बन्यो ।



योसँगै अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको ठुलो उपाधि मुलुकलाई जिताउने एउटा सपना पूरा भएको छ ।



उनले बार्सिलोनाबाट दर्जनौँ पटक ट्रफी जिते पनि मुलुकलाई ठुलो उपाधि दिलाउन सकेका थिएनन् ।