अर्थ

नेपाल-भारत उद्योग वाणिज्य संघद्वारा रेलसेवा सम्झौता संशोधनको स्वागत

Thrill Factory
Rungta Group

काठमाडौं-नेपाल-भारत उद्योग वाणिज्य संघले नेपाल भारत रेलसेवा सम्झौतामा संशोधन भएको सन्दर्भमा नेपाल तथा भारतका सम्बन्धित अधिकारीहरु बीच लेटर अफ एक्स्चेन्ज (एलओई) आदान प्रदान सम्पन्न भएकोमा स्वागत गरेको छ ।

साथै संघले नेपाल र भारत दुई देशका अधिकारीहरु बीच शुक्रवार भर्चुअल रुपमा सम्पन्न उक्त सम्झौता संशोधन कार्य नेपाल भारत व्यापारलाई समयानुकुल मूल्य प्रतिस्पर्धी बनाउन नभई नहुने विषय पनि भएकोले यस सम्बन्धी सम्झौतामा संशोधन भई एलओई आदान प्रदान हुनु सुखद रहेको भनेको छ ।

संघले सम्झौताले आजको बिद्यमान नेपाल–भारत रेलसेवा सम्झौता परिबर्तित विश्व व्यापारलगायत अन्य क्षेत्रीय सम्झौताहरु साफ्टा, बिमस्टेक तथा बर्तमान विश्व व्यापार परिबेश अनुकूल हुन नसकिरहेको कारण यसमा समय सापेक्ष परिमार्जन आवश्यक रहेको विषय लगायत अन्य तीन दर्जनभन्दा वढी बाणिज्य, पारवहन र लजिष्टिक विषयहरुमा बिगत १० वर्षदेखि नेपाल–भारत सचिव स्तरीय कमिटी (आईजिसी), सहसचिव स्तरीय कमिटी (आईजिएससी)लगायत नेपाल–भारत वाणिज्य सम्बन्धि दुईपक्षीय बिभिन्न मञ्चहरुमा उठाउंदै आएको पनि बताएको छ ।

नेपाल–भारत बीचको दुईदेशीय व्यापार तथा नेपालको तेश्रो मुलुक संगको आयात तथा निर्यात व्यापारका सिलसिलामा नेपाल लक्षित कार्गोकोे ढुवानी तथा पारवहन सेवाका लागि हाल भारतीय कन्टेनर निगम लिमिटेडले मात्रै सेवा उपलब्ध गराईरहेकोमा संशोधित प्रावधान अनुसार अब उप्रान्त नेपालले अन्य सरकारी तथा निजी भारतीय रेल सेवा तथा नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका तथा रहने रेल तथा वागनले वीरगन्ज र बिराटनगरदेखि कोलकाता र हल्दियासम्म रेल सेवा दिन सक्ने गरी रेल सेवा सम्झौता संशोधन भएकोमा पनि संघले स्वागत गरेको छ ।

संघका अनुसार यसवाट भारतमा रेल सेवा उपलब्ध गराईरहेका सबै अनुमतिपत्र प्राप्त कार्गो ट्रेन अपरेटरहरुले नेपालको पारवहनका लागी हुने ढुवानी सेवा दिन सक्ने भएका छन् । साथै निजी सेवा प्रदायकहरुले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपाल लक्षित ढुवानी गरिने रहेको छ ।

जसकारण अन्तराष्ट्रिय ब्यापारमा सहज हुनुको साथै नेपालको कार्गो ढुवानी गर्ने रेल सेवा प्रदायक कम्पनीहरु बीच प्रतिस्पर्धा हुन गई कुनै एक कम्पनीको एकाधिकारको अन्त्य भई नेपाली व्यापारीहरुलाई प्रतिस्पर्धी मूल्यमा रेल सेवा उपलब्ध हुने र यसबाट नेपाली ब्यबसायीहरु लाभान्वित हुनसक्ने छ ।

हाल वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकोमा बिराटनगर, भैरहवा र इनरवामा रेल सम्बद्ध पूर्वाधार तयार भए पश्चात रेल सेवा उपलब्ध हुने गरी र नेपाल भारत सीमानाका अन्य पारवहन विन्दू तथा द्विपक्षीय व्यापार नाकाहरुमा सहमतिका आधारमा रेल सेवा बिस्तार हुँदै जाने सहमति पनि अत्यन्त सकारात्मक रहेको संघले बताएको छ ।

संशोधन पश्चात नेपालको तेश्रो मुलुकसँग हुने ब्यापारका लागी भारतीय रेल सेवा उपयोग गर्ने तथा भारतसंगको द्विपक्षीय ब्यापारमा रेलबाट हुने ढुवानीलाई व्यबस्थित गर्ने सम्बन्धमा यससँग सम्वन्धित ५१ ओटा बिभिन्न प्रावधान संशोधन गरिनुबाट भबिष्यमा यस क्षेत्रमा अझ थप सुधारको बाटो खुला गरिएबाट थप लाभ लिन सकिने पनि संघले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button