तारन्तर किन बढिरहेको छ पेट्रोलियमको मूल्य ?
नेपाल आयल निगमले तारन्तार इन्धनको मूल्य बढाइरहेको छ । पटकपटक मूल्य बढाएपछि पेट्रोलियम पदार्थको आपूर्तिमा एकाधिकार प्राप्त सरकारी स्वामित्वको यो निकायको आलोचना भइरहेको छ । यसरी मूल्य बढ्नुको कारण के हो त ? तेलको भाउ बढ्नुका निगममात्र कारण नभएर उत्पाद तथा आपूर्तिको अवस्था मुख्य कारण हुन्छ । निगमको व्यवस्थापकीय सरोकार एउटा पक्ष हो, तर तेलको उत्पादन कोटाको विषयमा संसारभरीको सबैभन्दा ठूला तेल उत्पादक देश, संयुक्त अरब इमिरेट्स र साउदी अरबबीचको मनमुटावलाई अहिले मुख्य कारण मािनएको छ ।
यसको असर तेलका सबै ठूला बजारमाथि परेको छ जो कुराकानी ठप्प भएपछि बीचमा फसेका छन् । यसैका कारण तेलको मूल्य ६ वर्षकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ ।
पेट्रोलियम निर्यातक देशको संगठन ‘ओपेक प्लस’ले आफ्नो वार्ता अनिश्चित कालका लागि स्थगित गर्नुपरेको छ जसका कारण यो समूहको स्थिरताका लागि आशंका बढेको छ ।
संयुक्त अरब इमिरेट्सले ओपेक प्लसका नेताले साउदी अरब र रुसको एक प्रस्ताव खारेज गरेपछि यो समस्या पछिल्लो हप्ताबाट सुरु भएको हो । यी दुई देशले थप ८ महिनाका लागि उत्पादन सम्बन्धि प्रतिबन्ध स्थापित राख्नुपर्ने प्रस्ताव राखेका थिए ।
तर संयुक्त अरब इमिरेट्स भने तेल उत्पादनको आफ्नो वर्तमान आधार रेखामा पुनः कुराकानी गर्न चाहन्थ्यो । यूएईले आफूलाई थप तेल निकाल्न स्वतन्त्रता दिनुपर्ने माग राखेको थियो । यद्यपि, साउदी अरब र रुस यस्तो गर्ने विरुद्धमा थिए ।
यो वार्ताले एउटा अचम्मको मोड त्यतिबेला लियो जब एक अर्काको नजिक मानिने संयुक्त अरब इमिरेट्स र साउदी अरबका ऊर्जा मन्त्रीले आफ्नो मतभेदमाथि खुलेर कुराकानी गर्न सुरु गरे ।
वासिङ्टनस्थित सेन्टर फर स्ट्रेटेजिक एण्ड इन्टरनेशनल स्टडीजका वरिष्ठ अनुसन्धानकर्ता बेन काहिलले भने, ‘यो मतभेद कुनै आश्चर्यभन्दा कम थिएन । तर यो झगडा सायद अपरिहार्य थियो । ’
उनी भन्छन्, ‘अबू धाबीको ओपेक कोटा उसको तेल उत्पादन क्षमताको हिसाबले छैन । संयुक्त अरब इमिरेट्सले आफ्नो तेल उत्पादन क्षमता बढाउनका लागि अत्यधिक पैसा लगानी गरेको छ र अब माग पनि बढिरहेको छ । यसै कारण यूएई अघिल्लो वर्षदेखि उत्पादन बढाउनमा आफ्नो असमर्थतामा निराश छ ।’
दुई राजकुमारः
थुप्रै वर्षदेखि, साउदी अबर र संयुक्त अरब इमिरेट्सबीच साझेदारीले अरब जगतको भू–राजनीतिको आकार दिएको छ ।
साउदी अरबका युवराज मोहम्मद बिन सलमान र संयुक्त अरब इमिरेट्सका युवराज मोहम्मद बिन जायदबीचको व्यक्तिगत सम्बन्धले दुबै देशबीचको यो गठबन्धनलाई बलियो बनाउनमा महत्वपूर्ण भूमिका निभाएको छ ।
दुबै युवराजलाई आ–आफ्ना देशमा वास्तविक शासकको रुपमा हेरिन्छ र दुबैलाई आ–आफ्ना देशको विषयमा एक महत्वाकांक्षी नजरले हेरिन्छ ।
थुप्रै वर्षसम्म, दुबै देशका सामरिक मुद्दाको विषयमा गहिरो सहयोग रह्यो । उनीहरुले यमनमा इरान समर्थिन हूती विद्राहीविरुद्ध युद्ध लड्नका लागि सन् २०१५ मा एक अरब सैन्य गठबन्धनको गठन गरे र सन् २०१७ मा कतारमा एक कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्ध लगाए ।
तर उनीहरुबीचको सम्बन्धमा दुई वर्ष अघि मात्रै खटपट देख्न थालिएको हो जब यूएईले आफ्ना धेरैजसो सैनिकलाई यमनबाट हटायो । यो कदमले साउदी रुष्ट थियो ।
यूएईले जनवरीमा कतारमा लागेको प्रतिबन्धलाई समाप्त गर्नका लागि साउदी अरबको अगुवाईमा गरिएको सम्झौतामा सहमति जताएको थियो । तर उनीहरुलाई दोहामाथि अहिले पनि विश्वास छैन । यसैगरी, अघिल्लो वर्ष इजराइलसँगको सम्बन्धलाई सामान्य गर्ने यूएईको निर्णयले साउदी अबर पूर्ण उत्साहित थिएन ।
दुई देशबीचको खटपट फेब्रुअरीमा पुनः गहिरिन थाल्यो जब साउदी अरबले बहुराष्ट्रिय कम्पनीलाई आफ्नो मुख्यालय सन् २०२४ सम्म साउदी अरब स्थानान्तरण गर्न भन्यो । र जुन कम्पनीले यस्तो गर्दैन उसले सरकारी ठेक्का नपाउने पनि बताइदियो । यसलाई खाडीको देशमा व्यापारको केन्द्र बताइने दुबईमा सिधा हमला मानियो ।
त्यसपछि यूएईले ओपेकमा भएको एक सम्झौताको विरोध गर्यो जुन साउदीको पक्षमा थियो । यसैकारण साउदीले यूएईको उडानलाई निलम्बित गरिदियो । यद्यपि, कोरोनाभाइरसका कारण उडान रोक्नुपरेको बताइयो तर यो निर्णय त्यतिबेला आयो जब धेरै मानिसहरु छुट्टी मनाउनका लागि दुबईतर्फ जाने गर्दछन् ।
साउदी अरबले स्वतन्त्र क्षेत्र वा अन्य खाडी देशहरुबाट इजरायलसँगको सम्बन्धलाई आफ्नो प्राथमिकतामा राख्ने ट्यारिफ सम्झौताको माध्यमबाट आयात रोक्नेछ ।
यो कदमले यूएईको अर्थव्यवस्थालाई झट्का लाग्यो किनभने त्यहाँको सबै अर्थव्यवस्था फ्रि जोन मोडलको वरिपरि घुम्छ ।
आर्थिक प्रतिस्पर्धाः
ओपेकमा दुबै देशमा तिक्तता, बढ्दो आर्थिक प्रतिद्वन्द्वलाई रेखाङ्कित गरिन्छ । यी दुई देश पेट्रोलियम उत्पादनको निर्यातमा आफ्नो निर्भरतालाई काम गरेर, आफ्नो अर्थव्यवस्थामा विविधता ल्याउने कोसिस गरिरहेका छन् ।
मोहम्मद बिन सलमानको अगुवाईमा साउदी अरब पहिलादेखि नै अधिक आक्रामक आर्थिक रणनीति अपनाइरहेको छ । ऊ अब पर्यटन, आर्थिक सेवा र औद्योगिकजस्ता क्षेत्रमा अन्य खाडी देशसँग प्रतिस्पर्धा गरिरहेको छ ।
लण्डनको च्याटम हाउसका असोसिएट फेलो निल क्विलियम भन्छन्, ‘साउदी अरब खाडी देशको सबैभन्दा ठूलो देश हो र ऊ अब जागिरहेको छ । केही हदसम्म यो यूएईका लागि चिन्ताको विषय हो । १५ देखि २० वर्षमा यदि साउदी अरब एक गतिशील अर्थव्यवस्थामा परिवर्तन हुन्छ भने यो इमिरेट्सको आर्थिक मोडलको लागि एक खतरा हुनेछ ।’
यो अहिले नै स्पष्ट छैन कि साउदी अरब र यूएई एक नयाँ ओपेक डीलमा सहमत हुन्छन् वा हुँदैनन् ।
तर शाही दरबारसँग नजिक एक साउदी विश्लेषक अली शिहाबीलाई यो तिक्तताले लामो समयमा उनीहरुको सम्बन्धलाई प्रभावित गर्छ भन्ने कुरामा विश्वास लाग्दैन । भलै, इमिरेट्सको कठोर व्यवहार साउदी अरबका लागि झट्काको रुपमा आएको छ ।
उनी भन्छन्, ‘दुबै पक्षबीच अतितमा योभन्दा पनि ठूला असहमति रहेको थियो । अमेरिका र बेलायतसहित सबै सम्बन्धमा उतार–चढाव आउँछ । तर यो सम्बन्धको मूल तत्व, गठबन्धनको कुनै स्थायी हानी पुर्याउने तुलनामा निकै बलियो छ ।’ बीबीसीको सहयोगमा