काठमाडौं बहुचर्चित राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युुत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
काठमाडौस्थित प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार अपरान्ह आयोजित भर्चुअल कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले कम्प्युटरमा आयोजनाको बटम थिचेर विद्युुत् उत्पादन परीक्षणको उद्घाटन गर्नुभएको हो ।
प्रधानमन्त्रीले उद्घाटन गरेसँगै आयोजनाका छ ओटा युनिटमध्ये एक युनिटबाट ७६ मेगावाट विद्युतको परीक्षण उत्पादन भई राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
विसं २०६७ सालमा मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको आयोजनाको २०६८ जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए । त्यसको करीव ११ वर्षपछि तामाकोशीको पहिलो युनिटवाट विद्युत् उत्पादन भएको हो ।
आयोजनाका अन्य पाँच ओटा युनिटबाट विद्युत् उत्पादन गर्नकालागि आवश्यक परीक्षणहरु भइरहेको आयोजनाले बताएको छ । छ ओटै युनिटबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुँदा आयोजनाबाट ४५६ मेघावाट विद्युत् उत्पादन हुने छ ।
प्रधानमन्त्रीले उद्घाटन गर्न हतार गरेपछि आइतवार खिम्ति सबस्टेशनदेखि गोंगरसम्मको ४७ दशमलब २ किलोमिटर लामो विद्युत् प्रसारण लाईन चार्जिङ गरिएको थियो ।
विसं २०७२ आम विनाशकारी विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन तथा बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, कोरोना कहर, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ९लट २० ठेकेदारले विभिन्न बहानामा काममा गरेको ढिलाई जस्ता कारणले आयोजनाको निर्माण ढिलाइ भइरहेको आयोजनाको दावी थियो ।
लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल्वे ईञ्जिनियरिङले काम गर्न ढिलाइ गरेपछि कठिन मानिएको ३७३ मिटर लामो तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी त्रीपक्षीय ९ आयोजना, टेक्सम्याको र एन्ड्रिज० सहमतीमा इलेक्ट्रोमेकानिकल ९लट ३० को अष्ट्रियन ठेकदार कम्पनी एड्रिजलाई दिइएको थियो ।
एन्ड्रीजलाई तल्लो ठाडो सुरुङमा पेनस्टक जडान गर्ने काम दिइएपछि कामले गति लिएको थियो । ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमा पेनस्टक जडानको काम भने टेक्सम्याकोले नै गरेको थियो । यसरी विभिन्न समास्यासँग जुध्दै आयोजना अहिले परीक्षणको रुपमा विद्युत् उत्पादन गर्ने अवस्थामा आइपुगेको हो ।
आयोजनाको उद्घाटन गर्न प्रधानमन्त्रीले हतारो गरे पनि आयोजनाको रामेछापको फूलासीमा रहेको स्टेशनमा उपकरण जडान गर्ने काम भने अझै सकिएको छैन । यस्तै रोलवालिङ खोला मिसाउनकोलागि कामको शुरुवात हुन सकेको छैन ।
सुक्खायामका लागि रोलवालिङ खोलाबाट पानी ल्याउन आवश्यक रहेकोले रोलवालिङ डाइभर्सन बनाउनको लागि आवश्यक टेन्डर प्रक्रिया चलिरहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानको भनाइ छ ।
लामो समयसम्म आयोजना सम्पन्न नहुँदा निरन्तर लगानी बढी रहेको यो आयोजना शुरुमा ३५ अर्ब रुपैयाँ लागत अनुमान रहेता पनि आजको अवस्थासम्म आइपुग्दा ब्याजसहित कुल लागत ८४ अर्ब रुपैयाँभन्दा बढी पुगिसकेको छ ।आर्थिक अभियान