अन्तराष्ट्रिय
फिलिपिन्समा ८५ जना सैनिक सवार विमान दूर्घटनाग्रस्त

मनिला (फिलिपिन्स) । फिलिपिन्समा ८५ जना सवार सैनिक मालवाहक विमान आइतवार दूर्घटनाग्रस्त भएको छ ।
दूर्घटनाग्रस्त उक्त विमानको भग्नावशेषबाट कम्तीमा ४० जनालाई जीवितै उद्धार गरिएको सुरक्षा बलका प्रमुखले बताएका छन् ।


देशको दक्षिण पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमानले धावनमार्ग पहिल्याउन नसकेर दूर्घटना भएको बताइएको छ । हालसम्म दूर्घटनास्थलबाट १७ शव झिकिएको बताइएको छ । एजेन्सी