खबर फटाफट
१८ दिनमा बाढीपहिरोमा परी ३३ जनाको मृत्यु
यसपटक ३१ जेठयता बाढीपहिरोका कारण २६ जिल्ला प्रभावित भएको र ती घटनामा ३३ जनाको मृत्यु भएको राष्ट्रिय आपद्कालीन कार्यञ्चालन केन्द्रको तथ्यांक छ । ३० जना बेपत्ता छन् । केन्द्रका प्रमुख दिलकुमार तामाङका अनुसार बाढीपहिरोका कारण चार सय ७५ घरमा पूर्ण क्षति भएको छ । एक सय १२ घरमा आंशिक क्षति पुगेको छ । साढे ६ सय परिवार विस्थापित भएका छन् ।








