कामको तनाब र दबावका कारण कामकाजीलाई समस्या

नयाँदिल्ली । कम्पनीको कार्यकक्षमा बढ्दो तनाव र दबाबका कारण रोजगारी क्षेत्रमा काम गर्ने व्यक्तिहरुले मानसिकका साथै पारिवारिक समस्या झेल्नु परिरहेको छ । एक सर्वेक्षण अनुसार प्रति १० जनामा ५ जना व्यक्तिहरु यस्तो समस्याबाट गुज्रिरहेको अनुसन्धानले बताएको छ ।
अनुसन्धानमा भनिएको छ- कार्यक्षेत्रमा भोग्नु परिरहेको यो सवैभन्दा ठूलो चुनौती पनि हो । अझ भन्ने हो भने अहिलेको जस्तो कोरोना महामारीको समयमा यो समस्याले व्यवसायिक कामकाजीका लागि दैनिक जीवनयापनमा झनै असहज बनाएको छ ।


स्कि मार्केटले हालै गरेको सर्वेक्षणलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले कोरोना महामारीको यो समयमा त रिमोट वर्क(घरबाटै बसेर गर्ने काम) मा काम गर्ने पेशेवरलाई यस्तो दबाबले चुनौती नै दिएको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
सर्वेक्षणमा सहभागिता जनाएका २८ प्रतिशत विभिन्न कम्पनीमा रोजगारमा संलग्न व्यक्तिले कामकाजको क्रममा आफूहरुले मानसिक स्वास्थ्यको पनि ख्याल गर्न नभ्याएको बताएका छन् ।अझ १८ प्रतिशत व्यक्तिले त तनावलाई हटाउन साथीभाईसँग कुरा गर्ने गरेको बताए ।
सर्वेक्षणमा सहभागी ५३ प्रतिशतले सुपरभाइजर र आफूभन्दा सिनियरसँग मानसिक सहयोगका लागि कुराकानी गर्ने गरेको बताएका छन् । तर उनीहरुले भरपर्दो सहयोगको आशा गर्नुको विकल्प नभएको पनि बताएका छन् । त्यसैगरी २० प्रतिशत व्यक्तिले सहयोग र भरोसा पाउनु त धेरै परको कुरा भएको बताए ।
कामकाजको क्रममा ७८ प्रतिशत व्यक्तिले सहज रुपमा दबाबलाई निराकरण गर्नु परिरहेको बताएका छन् भने २२ प्रतिशत व्यक्तिले कार्यक्षेत्रमै उपेक्षा भइरहेको बताएका छन् ।
कोरोना महामारीको समयमा तनावको मूख्य कारण के हो भनी सर्वेक्षणका क्रममा सोध्दा आधाभन्दा बढी उनीहरुले भविष्यको चिन्ता नै सवैभन्दा ठूलो कारण रहेको बताए भने ४१ प्रतिशत व्यक्तिले भने कामकाजको बोझ बढाइनु नै तनावको मूख्य कारण भएको बताए ।
जवकि उनीहरुमध्ये ३४ प्रतिशत व्यक्तिले त रोजगारदाता वा सुपरभाइजरले क्षमताभन्दा बढी डेलिभरि(उपलब्धि) को अपेक्षा राख्नु नै समस्या भएको बताए । यसको साथै २६ प्रतिशत व्यक्तिले त अवास्तविक ‘डेडलाइन’ ले नै तनाब बढाइरहेको बताएको पाइयो । एजेन्सी